Logo

प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्ने प्रधानमन्त्री प्रचण्डको चेतावनी



काठमाडौं,२४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र धर्मरिनपेक्षताको उपलब्धी उल्ट्याउन खोज्नेहरुकाविरुद्धमा लाखौ जनता सडमा उतार्ने चेतावनी दिएका छन् ।

आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उनले संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने जिकिर गरेका हुन् ।

‘प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् । अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् । जनयुद्ध, जन आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाएको हो’, उनले भने, ‘अहिले त हामीले कार्यक्रम कोठामा गरिरहेका छौं । केहि समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौं ।’



प्रतिक्रिया दिनुहोस्