Logo

ललिता निवास प्रकरणमा १७ जनासँग धरौटी माग, एक जनालाई साधारण तारेखमा छाड्न अदालतको आदेश, कोसँग कति धरौटी माग ?



काठमाडौं,२४ भदौ । ललिता निवासको जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेका १८ जना नै आरापीतलाई रिहाइ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र एक जनालाई साधरण तारेखमा छाड्न आदेश दिएका हुन् । गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति थिए ।

अरु कोसँग कति धरौटी माग?

केशव तुलाधर,साधारण तारेखमा रिहा,

मीनबहादुर गुरुङ– २ करोड ४६ लाख

शिवजी भट्ट–३ लाख ३० हजार

रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

कलाधर देउजा –१५ लाख

घमन कुमार कार्की– ७ लाख ५० हजार

गोपाल कार्की –७ लाख ५० हजार

विनोद पौडेल– १५ लाख

योगराज पौडेल– ७ लाख ५० हजार

नारायणराज मिश्र –७ लाख ५० हजार

अरुण कुमार श्रेष्ठ –७ लाख ५०

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

बाबुराजा महर्जन– १ लख १० हजार

देवनारायण महर्जन – १ लाख १०

सकलानन्द महर्जन– १ लाख १० हजार

सञ्जय कुमार महर्जन– १ लाख १० हजार

लोकहरि घिमिरे –७ लाख ५० हजार



प्रतिक्रिया दिनुहोस्