काठमाडौं,२४ भदौ । पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले छिमेकी देशहरु चीन र भारत दुबैले नेपालको विश्वास गुमाउँदै गएको टिप्पणी गरेका छन् ।
प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका लागि छलफल गर्न डाकेको सर्वदलीय बैठकमा पूर्व परराष्ट्रमन्त्रीका रुपमा उपस्थित भएका पाण्डेले छलफलपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्री दाहालले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने बताए।
‘नेपालको दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको छ। दुवै देश हाम्रा छिमेकीले उनीहरुको चाहना सुरक्षित छैन भन्ने अनुभुति गरेका छन्। त्यसलाई उनीहरुले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थालेका छन्’, उनले भने, ‘उनीहरुको व्यवहारबाट देखिन्छ । त्यसैले सहसचिव स्तरबाट हुनुपर्ने वार्ताका कुराहरु योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीजीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्छ।’ file photo