Logo

रिहा भए मिनबहादुर गुरुङ



काठमाडौं, २४ भदौ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएपछि उनी लामो समयदेखि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को हिरासतमा थिए । न्यायाधीश भोलानाथ ढकालको इजलासले धरौटीमा छाड्ने आदेश दिउसँगै उनी धरौटी बुझाएर आजै रिहा भएका हुन्  ।

 



प्रतिक्रिया दिनुहोस्