Logo

बीपी साहित्य महोत्सवको दोस्रो दिन: बाबुरामदेखि प्रदीप ज्ञवालीसम्मले गर्दैछन् ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा विचार मन्थन



काठमाडौं,२५ भदौ । नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन’अन्तर्गत आज दोस्रो दिनका कार्यक्रम बिहान ९ बजेदेखि सुरु भएको भएको छ। महोत्सवको दोस्रो दिन बिहान ९ बजे ‘वीर गणेशमान’चलचित्र प्रस्तुत गरिएको प्रचार विभागका सदस्य इन्द्र रिजालले जानकारी दिए।

त्यसपछि बिहान ११ बजेपछि एक घण्टा भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

आजै १२ बजेपछि कांग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा ‘बीपीले नपाएको १५ वर्ष’विषयमा विचार मन्थन गरिने भएको छ। दिउँसो २ बजेपछि भने पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वमन्त्री परराष्ट्रमन्त्रीद्धय डा। नारायण खड्का तथा प्रदीप ज्ञवाली र कूटनीतिज्ञ इन्द्र अधिकारीले ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा छलफल हुँदैछ।

आजको अन्तिम प्रस्तुतिको रुपमा साहित्यकारहरू बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराईले ‘युवा स्रष्टामा बीपी पठन’ विषयमा विचार विमर्श हुनेछ। गजल साँझमा ३० जना गजलकारहरूले गजल प्रस्तुत गर्नेछन्।

नेपाली साहित्यका शिखर पुरुष बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा हिजोबाट सुरु भई भोली समापन हुने तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुन लागेको हो। महोत्सव अन्तर्गत डकुमेन्ट्री, कविता, गजल र सांगीतिक प्रस्तुतिहरू पनि रहेका छन्।



प्रतिक्रिया दिनुहोस्