काठमाडौं,२५ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीमा लामो समयदेखि जारी रहेको विवाद अन्ततः टुंगिएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको विवाद अन्त्य भएको हो ।
अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा भएको छलफलपछि विवाद समाधान भएको हो । यो सहमतिसँगै पवन कार्की नेतृत्वको समानान्तर समिति पनि महाधिवेशन आयोजक कमिटीमा रूपान्तरित भएको छ ।
क्रान्तिकारीको २१ औं सम्मेलनमा क्रान्तिकारीमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएका थिए । आठ बुँदे सहमतिमा विद्यामान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने, आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने लगायत सहमतिका आधारहरू प्रस्तुत गरिएको छ ।
यस्ता छन् क्रान्तिकारीको दुई पक्षबीच भएको सहमति
१. विद्यमान केन्द्रीय समितीलाई पदाधिकारी कायम राखी २३औं राष्ट्रिय सम्मेलन आयोजक समितीमा रुपान्तरण गर्ने । पार्टीसंग परामर्स गरी यथासिघ्र विधान सम्मेलन र राष्ट्रिय सम्मेलनको मिति तय गर्ने ।
२. आयोजक समितीमा पदाधिकारी विस्तार गर्ने । विस्तार गर्दा २२ औ राष्ट्रिय सम्मेलन आयोजक समितीमा रहेका र हाल केन्द्रीय समितिमा कृयाशिल सदस्यहरुको एउटा लियरलाई मापदण्ड मानी स्वतः बढुवा गर्ने । अध्यक्ष, उपाध्यक्षहरु र महासचिव रहेको कार्यलय टिम बनाउने ।
३. आयोग एवं प्रदेश अध्यक्ष र प्रदेश पदाधिकारीमा रहनुहुने कमरेडहरुको हकमा केन्द्रीय तहमा भएकाहरु स्वः सरह समकक्षता प्रदान गर्ने ।
४. आयोजक समिती सदस्य केहि विस्तार गर्ने । यसो गर्दा २२औं राष्ट्रिय सम्मेलनका सिनियर प्रतिनिधीहरु मध्येवाट समान लियरको आधारमा छनोट गर्ने । माताहातका कमिटीमा रहेका असमझदारी हटाउने । यसको लागि गृहकार्य गर्न एउटा कार्यदल बनाउने ।
५. आयोजक समितीमा रहेकाहरु आगामी राष्ट्रिय सम्मेलनमा स्वत प्रतिनिधी हुन नपाइने व्यवस्था गर्ने । प्रतिनिधी हुनु पदां प्रतिनिधी छनोट कार्यविधी बमोजिम तल्लो कमिटीबाट निर्वाचीत भएर आउनु पर्ने
६. २१औ राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय सदस्यहरु तर पछि २२औं राष्ट्रिय सम्मेनलमा आयोजक समितीमा नपरेका यद्यपी हालसम्म संगठनमा कृयाशिल रहनुभएका कमरेडहरुको हकमा निजहरुको उचित व्यवस्थापन गर्न पार्टी कमिटीलाई अनुरोध गर्ने ।
७. हाम्रो संगठनवाट जनप्रतिनिधी हुनुभएका कमरेडहरुलाई सम्मानजनक विदाई गर्ने ।
८. संगठन भित्र पैदा भएका कतिपय असमझदारी हटाइ भावनात्मक एकता प्रदर्शन गर्दे संगठनलाई थप सुदृढ र मजवुत बनाउने ।