Logo

ललिता निवास प्रकरण: धरौटी बुझाउन नसकेपछि अरुणकुमार श्रेष्ठ कारागार चलान



काठमाडौं,२५ भदौ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेर जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा थुनामुक्त भएपनि धरौटी बुझाउन नसकेपछि एक जना आरोपीत कारागार चलान भएका छन् ।

नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो।

आइतबार ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका १८ जनामध्ये केशव तुलाधरलाई साधरण तारेख र अन्य १७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले ओदश दिएको थियो ।

जिल्ला अदालतको आदेशपछि अन्य १७ जना आइतबार नै रिहा भएका छन् ।



प्रतिक्रिया दिनुहोस्