Logo

भ्रष्टाचार मुद्दामा विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार



काठमाडौं, २५ भदौ । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ ।

श्यामकृष्ण च्वामू श्रेष्ठसहति सात जनामाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित दायर भएको मुद्दाको फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्च गएको हो । अख्तियारले उनीहरुविरुद्ध १४ करोड ६१ लाख २४ हजार ४७८ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले हिजो (भदौ २४ गते) सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो । प्रतिवादी च्वामूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यतर रहँदा १४ करोड ६१ लाख २४ हजार चार सय ७८ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको आरोप छ ।

उनीविरुद्धको मुद्दामा विशेष अदालतले आंशिक ठहर तथा सफाईको फैसला गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot