Logo

मुख्य सचिवलाई प्रधानमन्त्री प्रचण्डको निर्देशनः ‘अमेरिका जाने टोलीको आकार घटाउनुस्’



काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका भ्रमणमा जाने टोलीको आकार सानो बनाउन निर्देशन दिएका छन् ।

भ्रमणको एजेण्डाबारे परामर्श लिन बोलाइएको बैठकमा भ्रमण दलको संख्या धेरै भएको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले भ्रमण टोलीको आकार घटाउन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई निर्देन दिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्ड आगामी भदौ २९ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव र सल्लाहकारहरु गरी २४ जनाको टोली अमेरिका जाने भनिए पनि संख्या घट्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot