Logo

विपी साहित्य महोत्सव मनाइरहँदा विपी कोईराला स्वास्थ्य प्रतिष्ठानका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं, २५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आज (सोमबार) आधिकृत साहले गलत बिल भौचर जारी गरी बिजुलीको महशुल संकलन गरेर हिनामिना गरेको आरोपमा अख्तियारमा मुद्दा दायर गरेको हो ।

निज साहले ३३ लाख २० हजार दुई सय २६ रुपैयाँ बराबरको नक्कली विल विजक जारी गरी उक्त रकम हिनामिना गरेको अरोप पत्रमा  उल्लेख  छ ।



प्रतिक्रिया दिनुहोस्