Logo

माओवादीहरु एक हुँदा अध्यारोबाट कालो सपना देख्नेहरु समाप्त हुन्छन्ः विप्लव



काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशलाई आपत पर्दा र जनतालाई समस्या पर्दा माओवादी हुरु एक भएर सामना गर्ने बताएका छन् ।

आज (सोमबार) समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले देशलाई निकास दिने सन्दर्भमा माओवादी शक्तिहरु, समाजवादीहरु एक हुने बताएका हुन् । समाजवादी शक्तिहरु एक भएको खण्डमा अध्यारोबाट कालो सपना देख्ने मानिसहरु समाप्त हुने उनको दाबी छ ।

‘जतिबेला देशलाई आपत पर्छ, जतिबेला जनतालाई समस्या पर्छ, जतिबेला देशलाई निकास दिनपर्छ त्यतिबेला माओवादीहरु एक हुन्छन् भन्ने कुरा सबैले हेक्का राख । त्यतिबेला कम्युनिष्टहरु एक हुन्छन्, समाजवादीहरु एक हुन्छन् । जब माओवादी, कम्युनिष्ट र समाजवादीहरु एक हुन्छन्, अध्यारोबाट कालो सपना देख्ने मानिसहरु समाप्त हुन्छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot