Logo

ग्यालेक्सी फोरकेका सञ्चालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी



काठमाडौं, २५ भदौ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष जितेन्द्रबाबु राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

राईले बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित ७ जनाविरुद्ध पक्राउ अनुमति लिएको छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत हुन् ।

रकम फिर्ता नगरेको र बचत रकम हिनामिना गरेर फरार भएको भन्दै सञ्चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा नौ सय ७१ जनाले उजुरी दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्