Logo

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने तुलसा वाग्ले अधिकारी पक्राउ परेकी छन् ।

आज (सोमबार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । उनले खिमलाल बुढा मगरसहित २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गरेको प्रहरीले जनाएको छ । तुलसालाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्