Logo

परराष्ट्र मन्त्रालयले चीनियाँ राजदूतलाई बोलाएर सोध्यो स्पष्टीकरण



काठमाडौं, २५ भदौ । परराष्ट्र मन्त्रालयले चीनियाँ राजदूत छन् सोङलाई स्पष्टीकरण सोधेको छ । राजदूत छन् सोङले नेपाल भारत सम्बन्धनका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आज उनलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधिएको हो ।

परराष्ट्रमन्त्री एनपी साउद र सचिव डा. भरत पौडेलले राजदूतलाई उनको अभिव्यक्तिबारे स्पष्टीकरण सोध्दै चीनले भर्खरै जारी गरेको नक्साको बारेमा असन्तुष्टि जनाएका हुन् ।

राजदूत सोङले नेपाल भारत सम्बन्धका बारेमा कूटनीतिक मर्यादा मिचेर अभिव्यक्ति दिएको चौतर्फी आलोचना भइरहेको थियो । सोही क्रममा आज मन्त्रालयले उनको स्पष्टीकरण लिनुका साथै चीनले जारी गरेको नयाँ नक्साको बारेमा असन्तुष्टि जनाएको छ ।

चीनले आफ्नो भौगोलिक तथा राजनैतिक नक्सा जारी गर्नेक्रम छिमेकी देशहरुको पनि नक्सा जारी गरेको थियो । उसले नेपालको सार्वभौम संसद्ले पास गरेको नयाँ नक्सा अस्वीकार गर्दै पुरानै नक्सा जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्