Logo

मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाप्रति छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २५ भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् ।

आज (सोमबार) विराटनगरमा समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाहरूप्रति रहेको बताएका हुन् ।

‘यसपटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाहरूप्रति छ। उनीहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन,’– प्रचण्डले भने ।

उनीहरूको हित र रक्षा कसरी हुन्छ ? के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ भनेर आफू लागिरहेको उनले बताए । देशभित्रै रोजगारी सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयमा आफूले गम्भीरतापूर्वक लिएर अगाडि बढिरहेको पनि उनले बताए ।

विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया सुरू गरेको स्मरण गर्दै उनले केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गराउने बताए ।



प्रतिक्रिया दिनुहोस्