Logo

लाखौं जनता सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २५ भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकथरी मानिसहरुले सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धी उल्टाउन खोजिरहेको बताएका छन् ।

आज (सोमबार) विराटनगरमा समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामांकन विवादलाई लिएर केही तत्वहरुले परिवर्तन उल्ट्याउन खोजेको बताएका हुन् । उनले परिवर्तनका पक्षमा लाखौं जनता सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्ने बताए ।

‘विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ र गरिनुपर्दछ। एकथरि मान्छेहरू सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धी उल्टाउने बहाना खोजिरहेका छन्।’ उनले भने, ‘त्यसमा हामी सतर्क रहनुपर्छ। परिवर्तनका पक्षमा लाखौं जनतालाई सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्