Logo

आफ्नै मान्छेबाट नाजायज दवाब आयोः मन्त्री किराती



काठमाडौं, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् ।

‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजीनामा गर्ने बताए ।

“पटक पटकको घेराबन्दी तोड्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व विगतमा युद्ध लड्नमात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्