Logo

खैरो हिरोईनसहित घोराहीका सञ्जय नेपाली पक्राउ



काठमाडौं, २५ भदौ । दाङको घोराही नगरपालिका वडा नं. ११ स्थायी ठेगाना भएका सञ्जय नेपाली लागूऔषध खैरो हिरोईनसहित पक्राउ परेका छन् ।

आज (सोमबार) भारतको रुपैडियाबाट नेपालतर्फ आउने क्रममा जमुनाह चेकपोष्टनजिक शंका लागि खानतलासी गर्दा उनको साथबाट हेरोईन ५० ग्राम फेला परेको थियो ।

बाँया खुट्टाको जुत्ताभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔधष फेला परेको थियो । उनलाई इलाका प्रहरी कार्यालय जनुनाहले जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।



प्रतिक्रिया दिनुहोस्