Logo

सुन तस्करीमा संलग्न चीनियाँ नागरिक दाओजिन वाङको डेरामा सिआईबीको छापा



काठमाडौं, २५ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने गिरोहमध्येका एक चीनियाँ नागरिक दाओजिन वाङको डेरामा छापा मारेको छ ।

वाङ बस्ने सीतापाइलास्थित डेरामा छापा मार्दा प्रहरीले एक ‘डिजिटल सेफ’ बरामद गरेको छ । वाङ भने फरार रहेका छन् । हङ्कङबाट तस्करी भएको ६० किलो सुन प्रकरणमा पनि वाङको समेत कनेक्सन रहेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्