काठमाडौं,२६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्।
ट्विट गर्दै उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छन्। संसदीय दलका उपनेता नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा एमालेका उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’