Logo

राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमान्दार नेता गुमाएको छः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना



काठमाडौं,२६ भदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष,संसदीय दलका उपनेता तथा पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङले संविधान सभामा खेलेको भूमिकालाई मुलुकले सधैं स्मरण गरिरहने बताएका छन् ।

नेम्वाङको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनले २०६२-०६३ को जन आन्दोलनपछि पुनर्स्थापित संसदमा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रुपमा नेम्वाङले खेलेको नेतृत्वदायी भूमिका अनुकरणीय रहेको बताए ।

नेपालको शान्ति प्रकृया र संविधान सभाबाट नेपालको संविधान जारी गराउन नेम्वाङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनी लेख्छन्, ‘उहाँको सुझ बुझपूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर बिबाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य छ ।’

नेम्वाङको निधनसँगै नेपालको संसदले एक अनुभवी, असल र लोकप्रिय संसद गुमाएको उल्लेख गर्दै उनी अगाडि लेख्छन्, ‘राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमान्दार नेता गुमाएको छ ।’



प्रतिक्रिया दिनुहोस्