Logo

रास्वपाले आफ्नो हस्ताक्षर किर्ते गरी अदालतमा बुझाएको ढाकाकुमार श्रेष्ठको आरोप



काठमाडौं, २६ भदौ । पूर्व सांसद ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई कारबाही गर्नुको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गर्दा हस्ताक्षर दुरुपोग भएको आरोप लगाएका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुर्गा प्रसाईँसँगको अडिओ प्रकरण बाहिरिएपछि आफूलाई केन्द्रीय समितिले बयानका लागि बोलाएको र सो क्रममा उपस्थिति हाजिरी भनेर गराइएको हस्ताक्षरलाई नै अदालतमा मान्युटिङमा साईन गरेको भनेर पेश गरिएको आरोप लगाएका हुन् ।

उक्त अडियो प्रकरणमा रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । ढाकाकुमारको ठाउँमा विन्दावासिनी कंशाकारलाई सांसदमा मनोनित गरेको थियो । उक्त घटना पछि ढाकाकुमार सर्वोच्च गएका थिए ।

सर्वोच्चले पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो । साथै, सर्वोच्चले रास्वपा र उनको अनुशासन समितिलाई श्रेष्ठमाथि कारबाही गर्नुको कारणको लिखित जवाफ मागेको थियो । सोही क्रममा उनले उपस्थिति हाजिरी भनेर गरेको हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका हुन् ।

‘मलाई अनुशासन विभागले बोलायो । अनुशासन विभागले बोलाउँदाखेरी हाम्रो वकिला साहेव यज्ञजी लगायतको टिम थियो । म गएँ, मेरो कुरा राखेँ । उहाँहरुले यसो गर्नुभयो, त्यही भएर मैले यसो गरेको हो भनेको हो । फेरि पछाडि केन्द्रीय समितिको टिमले मलाई बोलायो । मैले गएर कुरा गरेँ । उहाँहरुले के गर्नुभयो भने उपस्थितिमा हाजिर गराउनु भयो, मैले आफ्नो कुरा राखेँ । मलाई त्यहाँ ह्यार्‍यास्मेन्ट तरिकाले सोधपुछ गरियो त्यहाँ । मान्युटिङ गरेको होईन् । उपस्थितिमा मैले हाजिर गरेको थिएँ, यो उपस्थितिमात्रै हो है भनेर हाम्रो कार्यालय सचिवले मलाई साईन गराउनु भयो । त्यही उपस्थितिलाई मान्युटिङमा साईन गरेको भनेर अदालतमा लानुभएछ । कतिसम्म फ्रड ?’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्