Logo

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमालेको आकस्मिक सचिवालय बैठक सुरू



काठमाडौं,२६ भदौ । नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आकस्मिक सचिवालय बैठक सुरू भएको हो ।

एमाले उपाध्यक्ष संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आकस्मिक निधन भएपछि एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको हो ।

आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

संविधान सभा अध्यक्ष नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टिको दिन निश्चित हुने छ । यद्यपि २८ गते मुन्धुम सँस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी छ । उनको अन्त्येष्टि जहिले गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने छ ।



प्रतिक्रिया दिनुहोस्