Logo

पूर्वराष्ट्रपति भण्डारीद्वारा नेम्वाङको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण



काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृयदघातका कारण निधन भएको छ ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । भोलि दिउँसोसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पार्टी कार्यालयमै राखिने एमालेले जनाएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन् । अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीका नेता तथा कार्यकर्ता, नेपाल सरकारका मन्त्री, विशिष्ट पदाधिकारीहरु लगायतको बाक्लो उपस्थिति रहेको छ । Photo By: Mukunda Kalikote/Reporters Neapal 



प्रतिक्रिया दिनुहोस्