Logo

गणतन्त्रात्मक प्रणालीसहितको नयाँ संविधान प्रदान गर्नमा नेम्वाङले खेलेको भूमिकालाई देश र जनताले सम्झिरहनेछन्ः चित्रबहादुर केसी



काठमाडौं,२६ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।

संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुखसमेत रहेका नेम्वाङको गएराती हृदयघातका कारण निधन भएको थियो ।

अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी नेम्वाङको हृदयघातका कारण मृत्यु भएको खबरले आफू र राष्ट्रिय जनमोर्चालाई स्तब्ध बनाउनुका साथै दुःखी तुल्याएको बताएका छन्।

‘वर्तमान नेपालको संविधान २०७२ को निर्माणका लागि संविधानसभामा रहेका दलहरु बिच सहमति, सहकार्य तथा सामञ्जस्यता कायम गर्नका लागि का। सुवास चन्द्र नेम्वाङले खेलेको भूमिका महत्वपूर्ण रहेको थियो। कानुनको क्षेत्रमा उहाँको गहन अध्ययन, बौद्धिक क्षमता तथा सामन्तवाद विरुद्धको ऐक्यबद्धताको परिणाम नै उहाँलाई संविधान निर्माणमा भूमिका खेल्न सम्भव भएको हो’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुकलाई गणतन्त्रात्मक प्रणालीसहितको नयाँ संविधान प्रदान गर्नमा का.सुवासचन्द्र नेम्वाङले खेलेको भूमिकालाई देश र जनताले सम्झिरहनेछन् ।’



प्रतिक्रिया दिनुहोस्