Logo

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक जना पक्राउ



काठमाडौं, २६ भदौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना व्यक्ति प्रक्राउ परेका छन् । हिमालयन एयरलाइन्सबाट कतारको दोहा हुँदै काठमाडौं आएका एक यात्रु एक किलो सुनसहित पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको पहिचान भने गोप्य राखिएको छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्