Logo

नेम्वाङलाई सम्झँदै महेश बस्नेतले भने, ‘अतिवादी विचारबाट उहाँ कहिल्यै प्रभावित हुनुभएन’



काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले स्वर्गीय सुवासचन्द्र नेम्वाङ विभिन्न आरोह–अवरोहरु पनि अतिवादी विचारबाट कहिल्यै प्रभावित नभएको बताएका छन् ।

आज (मंगलबार) स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले फरक विचार राख्ने दलहरुका बीच तिक्ततापूर्ण सम्बन्ध रहँदा पनि नेम्वाङले त्यसको मध्यस्थता गरेको स्मरण गरे ।

नेम्वाङलाई उनले साह्रै बौद्धिक, सरल र कुनै पनि विषयप्रति गहन र व्यवस्थित अध्ययन गर्ने शालिन नेताको रुपमा सम्झिए ।

‘नेम्वाङ साह्रै बौद्धिक र सरल हुनुहुन्थ्यो । कुनै पनि विषय वस्तुप्रति उहाँको व्यवस्थित खाल्को अध्ययन, तयारी रहन्थ्यो । उहाँको शैली एकदमै शालिन, जब–जब संकट पर्छ, मध्यस्थकर्ताको भूमिका खेल्नसक्ने उहाँको छवि थियो । फरक विचार राख्ने दलहरुका बीचमा तिक्ततापूर्ण सम्बन्ध रहँदा पनि त्यसको मध्यस्थता गर्ने उहाँको स्वभाव थियो । विभिन्न आरोह–अवरोहरुमा अतिवादी विचारबाट उहाँ प्रभावित भएको कहिल्यै पनि देखिएन,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्