Logo

अल्वानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं, २६ भदौ । झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं ४ स्थायी ठेगाना भएकी सुधा चौधरीलाई गठी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

हिजो (सोमबार) उनलाई सिनामंगलबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु भनी दुई लाख ७२ हजार ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्