Logo

सुवास नेम्वाङलाई च्यासल पुगेर बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्न सकिने



काठमाडौं,२६ भदौ । नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका उपनेता, पूर्व सभामुख तथा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म पार्टी मुख्यालय च्यासलमा राखिने भएको छ ।

गएराती ७१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शररि अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय च्यासलमा राखिएको छ । नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो मात्रामा नेता कार्यकर्ताको भिड रहेको छ ।

एमाले केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम आज अपरान्ह ५ बजेसम्म जारी रहनेछ । साथै, भोलि बिहान ९ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको छ ।

नेम्वाङको राजकीय सम्मानका साथ भोलि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारले निर्णयसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot