Logo

प्रहरी बरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रहरी प्रभाग बुढानिलकण्ठ, काठमाडौंमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बरिष्ठ हवल्दार सिंहले खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप पत्रमा खुलाइएको छ ।

सिंहलाई बिगो बमोजिम जरिवाना र कैद सजायको माग गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot