Logo

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य



काठमाडौं,२६ भदौ । लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि प्रदेश सभानको चालू अधिवेशन अन्त्य भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आजराती १२ बजेदेखि लागू हुनेगरि प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

आजको मन्त्रिपरिषद् बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दीयाका स्थानमा राहात उपलब्ध गराउने,गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निणर्य गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए।

यसैगरी प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ।



प्रतिक्रिया दिनुहोस्