काठमाडौं,२६ भदौ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले आक्रमण गरेको छ । घरमा पसेर हतियारधारी समूहले उपप्रमुख बेघाका भाइ विष्णु लाई खुकुरी प्रहार गरेका छन् । विष्णुको देब्रे गालामा खुकुरी प्रहारबाट चोट लागेको छ।
धरान १५ स्थित खोरिया बस्तीमा केही अराजक युवाहरूले बेघाका भाइ विष्णु बेघामाथि आक्रमण गरेको स्थानीयले बताए ।
हातहतियारसहितको समूहले उपप्रमुख बेघाका घरमा आक्रमण गरेको खबर पाएपछि बेघाले प्रहरीलाई फोन गरेका थिए । घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।