Logo

सुवास नेम्वाङको अन्तिम संस्कार हिन्दू र लिम्बू परम्पराअनुसार गरिने



काठमाडौं,२७ भदौ । मंगलबार बिहान हृदयघातका कारण निधन भएका संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार हिन्दु र लिम्बू परम्परा अनुसार गरिने भएको छ ।

नेम्वाङको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गर्ने पारिवारिक स्रोतले जनाएको छ । उनको राजकीय सम्मानका साथ अन्तिम बिदाई गर्ने सरकारले निर्णयसमेत गरेको छ । साथै भोलि देशभर सार्वजनिक बिदासमेत दिने सरकारले निर्णय गरिसकेको छ ।

स्वर्गीय नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । कान्छा छोरा सुहाङ अष्ट्रेलियाबाट हिजो र जेठा छोरा मिङ्सो बेलायतबाट आज आइपुगेका हुन् । नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । छोरीहरू भने नेपालमै बस्छन् दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot