Logo

सुवास नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न वेबसाइटको व्यवस्था



काठमाडौं,२७ भदौ । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरेको छ ।

पार्टीको वेबसाइट cpnuml.org खोल्ने वित्तिकै शब्द श्रद्धाञ्जली लेख्न चाहनेहरूका लागि उक्त व्यवस्था गरिएको हो । यस्तो व्यवस्थाले स्व.नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहने तर पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकहरूका लागि सुविधा पुग्ने अपेक्षा गरिएको एमालेले जनाएको छ ।

हृदयघातका कारण आकस्मिक निधन भएका नेम्वाङको अन्त्येष्टी बिहीबार गरिने भएको छ । संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभाका पूर्व सभामुख समेत रहेका नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा लिम्बू र हिन्दू दुबै संकारअनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मंगलबार बिहान निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि मंगलबारदेखि अहिले केहिबेरसम्म उनको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा राखिने एमालेले जनााएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot