Logo

जनतामा संघीयताप्रति वितृष्णा चुलियोः शेखर कोईराला



काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतामा संघीयताप्रति वितृष्णाको भावना उठ्न थालेको बताएका छन् ।

आज (बुधबार) विपी स्टडी युथ सर्कलले धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले दिएको अधिकार प्रयोग नगर्दा जनतामा संघीयतामाथि चरम निराशा बढेको बताएका हुन् ।

जनताले संघीयता बेकार भन्न थालेको उनको टिप्पणी थियो । ‘संविधानले दिएको अधिकार प्रदेशलाई पुर्याइदिऔं भने संघीयता चल्छ । हाम्रो सोचाइ विचार, चिन्तन र पावर तल दिन हुँदैन भन्ने छ,’– उनले भने ।

सबै शक्ति संघीय सरकारको माताहतमा भएकाले मुख्यमन्त्रीको कुरा कसैले पनि नसुनेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्