Logo

शिक्षकले बहुविवाह गरे विशेष सजाय हुने



काठमाडौं, २७ भदौ । नेपालमा बहुविवाह दण्डनीय रहेको छ । मुलुकी अपराध संहिताले बहुविवाह दण्डनीय हुने व्यवस्था गरेको छ ।

विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै पनि महिलाले विवाह गर्न नहुने व्यवस्था रहेको छ ।

बहुविवाह गर्ने गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद, दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।

आज (बु्धबार) संघीय संसद्मा शिक्षा ऐन संशोधन विधेयक दर्ता भएको छ । उक्त विधेयक शिक्षकले बहुविवाह गरेको खण्डमा विशेष सजाय हुने व्यवस्था गरेको छ ।

‘शिक्षकले बहुविवाह गर्न हुँदैन । बहुविवाह प्रचलित कानुनबमोजिम दण्डनीय भएकाले यस्तो कार्य गर्ने शिक्षकलाई विशेष सजाय हुने व्यवस्था पस्तुत ऐनमा गरिएको छ,’– विधेयकमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot