Logo

डोल्पामा मृत भेटिएका नेपाली सेनाका मेजर पण्डितको शव काठमाडौं ल्याईयो



काठमाडौं,२७ भदौ । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति मेजर विमल पण्डितको शव काठमाडौं ल्याईएको छ ।

भदौ १० गतेदेखि सम्पर्कविहीन भएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको शव १६ दिनपछि मंगबार भेरी नदीमा फेला परको थियो ।

पण्डितको शव बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

भदौ १० गते अपराह्न साढे ४ बजे इभिनिङ वाकुका लागि आफ्ना सुरक्षा गार्डलाई समेत निलिई हिँडेका मेजर पण्डितको शव मंगलबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ करवगाडस्थित चिन्डेबगरनजिक भेरी नदीको किनारमा फेला परेको थियो । मेजर पण्डितको मृत्युको कारण भने खुलेको छैन ।



प्रतिक्रिया दिनुहोस्