काठमाडौं,२७ भदौ । राष्ट्रिय सभा बैठक आव्हान भएको छ । बिहीबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्नेगरि बैठक आव्हान भएको हो ।
यसअघि भदौ २२ गते बसेको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।
पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङको मंगलबार बिहान १:३० बजेतिर हृदयघातबाट निधन भएको थियो ।
उनको पार्थिव शरीर दुई दिन एमाले पार्टी कार्यालय च्यासलमा राखेर आज निजी निवास बालुवाटार लगिएको छ।
नेम्वाङको भोलि बिहान ११ बजे पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ। उनको निधनमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।