Logo

एकै पटक अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)



काठमाडौं,२७ भदौ । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ ।

मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो ।

सरुवाका क्रममा उपत्यकालगायत देशभरका महत्वपूर्ण मानिएका राजश्व कार्यालयका प्रमुख कर अधिकृत पनि फेरबदल भएका छन् ।

अर्थ मन्त्रालयमा कार्यरत इन्द्रबहादुर देवकोटा ठुला करदाता कार्यालयमा सरुवा भएका भने ठुला करदाता कार्यालयमा रहेका ऋषिराम अधिकारी अर्थ मन्त्रालयमा आएका छन् । त्यस्तै शुद्धीकरण अनुसन्धान विभागका सहचिव ऋषिराम पोखरेल मध्यमस्तरीय करदाता कार्यालयमा पुगेका छन् ।

यस्तो छ सरुवाको सूची 



प्रतिक्रिया दिनुहोस्