Logo

भ्रष्टाचार मुद्दामा विशेषको फैसला चित्त नबुझेपछि पुनरावेदन लिएर अख्तियार सर्वोच्चमा



काठमाडौं, २७ भदौ । भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आज (बुधबार) प्रतिवादीहरु नविन शर्मा, शिवशंकर पोखरेल, भुवानसिंह ठकुरी, नन्दसिंह ठकुरी र टीका वली रहेको मुद्दामा उच्चको फैसला चित्त नबुझेको भन्दै अख्तियार पुनरावेदन लिएर सर्वोच्च गएको हो ।

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं.१२ को देउली–सिर्पा–काफलकोट जोड्ने सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग रहेको छ ।



प्रतिक्रिया दिनुहोस्