Logo

प्रतिनिधि सभाका सभामुख घिमिरेद्वारा नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण



काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङ्प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज (बिहीबार पशुपति अर्यघाट पुगेर उनले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । घिमिरेले नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेम्वाङ संविधानसभा अध्यक्ष हुन् । उनी पूर्व सभामुख पनि हुन् । नेपालको इतिहासमा नेम्वाङले चार पटक सभामुख भएर प्रतिनिधि सभा सञ्चालन गर्ने अवसर पाएका थिए ।

हृदयघातका कारण नेम्वाङको गत मंगलबार विहान निधन भएको हो । राजकीय सम्मानसहित नेम्वाङको आज अन्त्येष्टि गरिँदैछ । Photo By: Mukunda Kalikote/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot