Logo

पार्टीको झण्डा आढाएर ओलीले गरे नेम्वाङको अन्तिम बिदाइ



काठमाडौं,२८ भदौ । नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।  बिहीबार पशुपति अर्यघाट एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेम्वाङ संविधान सभा अध्यक्ष हुन् । उनी पूर्व सभामुख पनि हुन् । नेपालको इतिहासमा नेम्वाङले चार पटक सभामुख भएर प्रतिनिधि सभा सञ्चालन गर्ने अवसर पाएका थिए । हृदयघातका कारण नेम्वाङको गत मंगलबार विहान निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot