Logo

राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती



काठमाडौं,२८ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

बिहीबार पशुपति आर्यघाटमा उनको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा र पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए।

नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।

अन्त्येष्टिमा नेपाल सरकारका मन्त्रीहरू,राजनीतिक दलका शीर्ष नेताहरू,आफन्त,परिवारजन तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot