Logo

नेम्वाङको आसन खाली राखेर बस्यो एमाले संसदीय दलको बैठक



काठमाडौं,२८ भदौ । नेकपा एमालेको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका दिवंगत नेता पूर्व सभामुख तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

संसदीय दलको उक्त बैठकमा नेम्वाङको आशन खाली राखेर दलका नेता केपी शर्मा ओली बसेका थिए। दलको बैठकमा ओली र नेम्वाङ एकै ठाउँ बस्ने गरेका थिए। तर बिहीबार बसेको दलको बैठकमा उनको आशन खाली राखेर ओली एकातर्फ बसेर सांसदहरुलाई सम्बोधन गरे।

आफ्नो दायाँतर्फ नेम्वाङ बस्ने सोफाको स्थान खाली राखेर ओलीले उनलाई सम्झिँदै सम्बोधन गरेका थिए। उक्त क्षण सबै सासदहरु भावुक बनेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्