Logo

तेस्रो पटक पार्टी अध्यक्ष बन्ने गृहकार्यमा ओली, उपाध्यक्ष पौडेल भन्छन् ‘उहाँको विकल्प कसैले खोजेको छैन’



काठमाडौं, २९ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा केपी शर्मा ओलीको विकल्प कसैले पनि नखोजेको प्रष्ट पारेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको ११औं महाधिवेशनबाट पनि ओलीनै अध्यक्ष हुने बताए ।

एमाले अहिले अध्यक्ष ओलीको नेतृत्वमा एकतावद्ध र गतिशील ढंगले अगाडि बढिरहेको उनको भनाई छ । एमालेभित्र विग्रह, अन्तरविरोध र गुटबन्धीको खोजी गर्नेहरुको प्रयास व्यर्थ हुने उनको भनाई छ । आफूहरु पार्टीको १०औं महाधिवेशन, मदन भण्डारीको जनताको बहुदलीय जनवाद र अध्यक्ष ओलीको नेतृत्वमा एकताका साथ पार्टी निर्माणमा लागिरहेको उनले बताए ।

‘हामी आज जननेता मदन भण्डारीद्वारा प्रतिपादन गरिएको नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा, दशौं महाधिवेशनले पारित गरेको नीति, विचारको मार्गदर्शन र हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घनिष्ठ एकताका साथा पार्टी निर्माणका काममा लागिरहेका छौं ।’ उनले भने, ‘एमालेमा केपी ओलीको विकल्प छैन । खोजेको पनि छैन । अर्को महाधिवेशनबाट पनि केपी शर्मा ओली नै अध्यक्ष बन्ने सम्भावना छ । विधान त हामीले अस्ति संशोधन गरिसक्यौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot