Logo

प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्म स्थगित



काठमाडौं,२९ भदौ । प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको संसद् बैठकमा भोलिबाट हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको बारेमा जानकारी गराईएको थियो । बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणबारे सदनलाई जानकारी गराए ।

त्यस्तै आजकै बैठकमा सभामुख देवराज घिमिरेले इलाम निर्वाचन क्षेत्र नम्बर २ रिक्त भएको जानकारी सदनलाई गराए । इलामबाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको गत मंगलबार निधन भएको थियो ।

त्यस्तै आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित मन्त्रालयमा पठाईओस् भन्ने कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको प्रस्तावसमेत सर्वसम्मतरुपमा पारित भएको छ ।

उक्त प्रस्ताव पारित पछि सभामुख देवराज घिमिरेले असोज १४ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्