Logo

‘म लामो समय बाँचे,अब छोटो समय बाँच्नु छ!’



काठमाडौं,२९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुसँग बालबालिकाहरु निक्कै आर्कषित हुने गरेको दाबी गरेका छन् ।

५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज सामाजिक सञ्जालमा बालबालिकासँगका केही तस्बिर राख्दै ओलीले बालबालिकाको उज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

बालबालिकाहरु सँगको भेटबारे ओली लेख्छन ‘म कहिलेकाहीं सोच्छु म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन् !अन्तिममा म आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु’।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आफू धेरै समय बाँचेको उल्लेख गर्दै अब छोटो समय बाँच्ने उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘ म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ। यिनीहरुसँग लामो समय छ। हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ- मलाई बालबालिका प्यारा लाग्छन्। आज बाल दिवस- सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना ’!

 



प्रतिक्रिया दिनुहोस्