Logo

कांग्रेस सहमहामन्त्री यादवमाथि भएको घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ: प्रधानमन्त्री



काठमाडौं,२९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको बताए ।

“सांघातिक खुकुरी प्रहारको घटनालाई सरकारले गम्भीर रुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाही अघि बढेको जानकारी गराउन चाहन्छु,” उनले भने ।

यस प्रकरका आक्रमणको घटना दोहोरिन नदिन र सुरक्षाको प्रत्याभूति मिलाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्