Logo

चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र चीनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुने



काठमाडौं, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन भ्रमणबारे संसद्मा जानकारी गराएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनका लागि भोलि अमेरिका जान लागेका प्रधानमन्त्री प्रचण्ड उतैबाट असोज ५ गते चीन जानेछन् । उनी औपचारिक भ्रमणका लागि चीनको हाङ्गजाउ जान लागेका हुन् ।

भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल–चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने प्रचण्डले बताए । चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चीनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् ।

‘हाङ्गजाउमा नै चीनियाँ राष्ट्रपति महामहिम सी चिनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । सोही दिन म १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु,’– उनले भने । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot