काठमाडौं, २९ भदौ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले पार्टीको पछिल्लो कार्यविभाजनप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
गत भदौ ५ देखि ७ सम्म बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार नेताहरुको जिम्मेवारी हेरफेर भएको थियो ।
पार्टीमा कुनै पनि जिम्मेवारी नपाएको भन्दै राजनीतिबाट निष्कृय देखिएकी झाँक्रीमा जिम्मेवारी पाउँदा पनि झनै असन्तुष्टि बढेको छ ।
उनलाई पार्टीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा यूरोप, अमेरिका र ल्याटिन अमेरिकाको ईन्चार्जको जिम्मेवारी दिएको थियो ।
प्रवासको जिम्मेवारी प्रवासमा काम गरिरहेका लाई नै प्रवासको जिम्मेवारी दिनुपर्ने झाँक्रीको मत छ । प्रवासको जिम्मेवारी आफू नलिने झाँक्रीको भनाई छ ।
झाँक्रिले लुम्बिनी प्रदेश वा मोर्चा संगठनको जिम्मेवारी चाहेपनि उक्त जिम्मेवारी नपाएपछि उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।